शोभितको ‘पीआर’ अब पुस 10 dec 25 बाट msm video मा हेर्न पाइने

काठमाडौं / (मंसिर २६)बाट प्रदर्शनमा आयको चलचित्र पि आर ( ‘पर्मानेन्ट रेसिडेन्ट) अब पुस 10 (डिसेम्बर 25) बाट msm video मा आउने भएको छ । निमार्ण टिमले बिहिवार msm video मा एग्रीमेन्ट गरेको छ ।

 

चलचित्र पि आर लाइ चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी,सफल निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य (काकु), रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा,सलिनमान बनियाँ,प्रभात पाल,गायिका देविका बन्दना लगायत सेलिब्रटीले अत्यन्त मन पराउनु भएको थियो । अभिनेत्री रेखा थापाले फिल्म एकदमै राम्रो बनेको र नव कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिएकि थिइन् ।

त्यसै गरि चलचित्र विकास बोर्डका अध्यक्षले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनय असाध्यै राम्रो बनेको प्रतिक्रिया दिए। उनले हरेक नेपालीले यो फिल्म हेर्न जरुरी रहेको समेत बताए। सो चलचित्र लाई जतिले हेर्नू भयोअधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । सोही क्रममा अभिनेता सलिनमान बनियाँले फिल्मका मुख्य कलाकारहरुले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए। उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए।

यसै फिल्मका निर्देशक शोभित बस्नेतलले आफ्नो फिल्मको कलाकारहरुको तारिफ हुँदा आफु निकै खुशी भएको बताए। उनले मिडियासँगको कुराकानीमा भने,‘यिनीहरु हल भित्र छिर्दा कसैले चिनेको थिएन। बाहिर निस्किदा वाहो वाहो भनेको देखेर चाहीँ मलाई भनेको जस्तो लाग्यो। किनभने हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा म आफै छु जस्तो फिल्म भइरहेको थियो।’

दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु,जयकिशन बस्नेत, सविन श्रेष्ठले फिल्म असाध्यै राम्रो बनेको र नेपालीहरु विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफुलाई छोएको भन्दै भावुक बनेका थिए ।

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने कतिको संघर्ष गर्नुपर्छ र घरको ऋणले कसरी सताउँछ भन्ने कुरालाई फिल्मको कथाले बोल्छ। निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्।विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ।




Leave a Reply

Your email address will not be published.