मोरङ–३ मा एमाले महाधिवेशनका लागि हिमालय थापा (पर्वत) को उम्मेदवारी

पथरी / नेकपा एमालेको आगामी महाधिवेशनअघि मोरङ क्षेत्र नम्बर ३ मा युवा प्रतिनिधि चयन प्रक्रिया तातेका बेला पथरीशनिश्चरेका युवा व्यवसायी तथा सक्रिय राजनीतिक कार्यकर्ता हिमालय थापा ९पर्वत० बलियो दाबेदारका रूपमा अघि आएका छन्। क्षेत्रबाट १ जना मात्र युवा प्रतिनिधि छानिने प्रावधानका बीच थापाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।

थापा लोकप्रिय युवा व्यवसायी मात्र होइनन्, पछिल्ला वर्षहरूमा सामाजिक सेवा र स्थानीय राजनीतिक क्रियाकलापमा निरन्तर सक्रिय रहँदै आएका कारण उनी क्षेत्रको परिचित अनुहारका रूपमा स्थापित हुँदै गएका छन्।

पथरीशनिश्चरे–१० निवासी थापा २०७३ सालमा पार्टीको संगठित सदस्य बनेपछि एमाले संरचनाभित्र जिम्मेवारीसँगै उकासिँदै आएका छन्। उनी युवा संघ नेपालका साविक शनिश्चरे गाविस सचिव रहिसकेका छन्। साथै, थापा दुई कार्यकालसम्म नेकपा एमाले पथरीशनिश्चरे–१० का वडा कार्यसमिति अध्यक्षका रूपमा नेतृत्व सम्हालिसकेका छन्।

मोरङ–३ बाट महाधिवेशन प्रतिनिधिका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। तर, विजयी डागि र नवीन पौडेलले थापाको पक्षमा उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा थापामै केन्द्रित भएको देखिन्छ। स्थानीयस्तरमा प्राप्त समर्थनसँगै थापाको दाबेदारी झनै बलियो बनेको स्थानीय नेतृत्वको भनाइ छ। मोरङ क्षेत्र नम्बर ३ मा पथरीशनिश्चरेका ८ सहित २६ वडा रहेका छन्। ती सम्पूर्ण वडालाई प्रतिनिधित्व गर्ने गरी युवा प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइएको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार थापाको लामो संगठनात्मक अनुभव, युवाबीचको लोकप्रियता, सामाजिक परिचय र व्यवसायमैत्री छविले उनलाई एक उदीयमान राजनीतिक नेतृत्वका रूपमा स्थापित गर्न मद्दत गरिरहेको छ। महाधिवेशन प्रतिनिधिका रूपमा उनको संभावित छनोट एमालेको स्थानीय संरचना सुदृढीकरण र युवा सहभागिता बढाउने दिशामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।




Leave a Reply

Your email address will not be published.