पथरी/ मोरङको पथरीशनिश्चरे वडा नं ४ बाट प्रहरिले बेवारिसे अवस्थामा ठूलो मात्रामा लागुअौषध बरामद गरेको छ । विशेष सुराकको आधारमा वडा नं ४ स्थित सन्देशचोकबाट पश्चिमतर्फ खेतमा प्रहरिले ४ हजार ९ सय ६० र रेसिस्पास नामक लागुअौषध ४ हजार ९ सय ५० ट्याब्लेट प्रहरिले बरामद गरेको हो ।

तस्विर :- सांकेतिक
इलाका प्रहरी कार्यालय पथरीको टोलिले परालमुनिबाट उक्त मात्रामा लागुअौषध बरामद गरेको हो । उक्त लागुपदार्थ बिक्रिका लागि कसैले त्यहा ल्याएर राख्ने र अर्को पक्षले उक्त स्थानबाट उठाउने गरेको आशंका प्रहरिले गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपि तुलसिराम अर्यालले जानकारि दिए ।
पथरीशनिश्चरेमा लागुअौषधका प्रयोगकर्ता र बेचविखन कर्ता बढ्दै गएको पाइएको छ । इलाका प्रहरी कार्यालय पथरिले गस्तिमा हिड्ने गरेको २ वटा ४ चक्के सवारिसाधन मध्ये १ गाडि जलाइदिएपछि अहिले एउटा गाडिबाट मात्र प्रहरिले गस्तिमा खट्नुपर्ने अवस्था सिर्जना भएको छ । जसकारण कैयौ अपराधीक घट्ना नियन्त्रण गर्न प्रहरिलाई चुनौति बढ्दै गएको छ ।