दशैँ सकिए पनि गौरादहमा प्रहरीकै आडमा खुल्लेआम डाइसको धन्दा

झापा / मनोरञ्जनका लागि दशैँमा डाइस खेल्ने चलन छ । `ग्रह काट्न´ भन्दै दशैँका बेला डाइस र पिँङ खेल्नुपर्छ भन्ने उक्ति छ । तर, दशैँ सकिएपनि गौरादहमा खुलेआम डाइसको धन्दा चलिरहेको छ । प्रहरी प्रशासनकै आँखा अगाडि दैनिक लाखौंको खेलोफड्को हुने गरेको छ ।

 

तस्विर:- सांकेतिक

स्थानीय बासिन्दाहरूका अनुसार, डाइस खेलाउनेहरूले प्रहरीलाई दैनिक करिब १० हजार रुपैयाँ बुझाउने गरेका कारण यसमा कुनै रोकतोक छैन । `दैनिक लाखौंको हारमार हुन्छ डाइसमा´ स्थानीय एकजनाले भने `धेरैको घरबार बिगृने अवस्था छ । बसाइँ सर्नुपर्ने अवस्था आइसकेको छ । साधारण तास खेल्दा पनि प्रहरीले कारबाही गर्छ, तर यहाँ लाखौंको हारजित भइरहँदा समेत आँखा चिम्लिएको छ,´ उनले भने ।

प्रहरीको संलग्नता र संरक्षणमा भइरहेको डाइसको धन्धाले गौरादह क्षेत्रमा सामाजिक अपराध, आर्थिक शोषण र युवा पुस्तामा नकारात्मक असर पारिरहेको छ । तर, यो विषयमा प्रहरी प्रशासन, यस क्षेत्रका सामाजिक व्यक्ति र संघसंस्थाले चासो दिएको पाइएको छैन ।




Leave a Reply

Your email address will not be published.