पथरीशनिश्चरेमा पहिलो आर्म रेष्टलिङ (पञ्जा लडाइ) प्रतियोगिता हुने

पथरी / मोरङको पथरीशनिश्चरे पहिलो पटक आर्म रेष्टलिङ (पञ्जा लडाइ) प्रतियोगिता हुने भएको छ । द पावर जिम एण्ड फिटनेस क्लबको आयोजनामा भदौ १४ गते शनिबार हुने प्रतियोगितामा तीन तौल समूहका प्रतिस्पर्धीले शक्ति र सीपको प्रदर्शन गर्नेछन् ।

क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चालक लोकबहादुर तामाङको अध्यक्षतामा प्रतियोगिताबारे जानकारी दिइएको थियो । संयोजक विशाल बर्देवाका अनुसार ५५ केजी, ५५–६५ केजी र ६५–७५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ ।

तीनै समूहका पहिलो, दोस्रो र तेस्रो हुने गरी ९ खेलाडीलाई पुरस्कृत गरिने छ । विजेताले नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँको पुरस्कार राखिएको आयोजक समितिका सचिव सागर भट्टराईले बताए । प्रतियोगितामा सहभागी हुनका लागि रु ५ सय तिरेर नाम दर्ता गराउनुपर्नेछ ।




Leave a Reply

Your email address will not be published.