पथरी / मोरङको पथरी बजारमा बिहिबार साँझ करिब ७:३० बजे १ महिलालाई ठक्कर दिएर फरार रहेको मिनि ट्रकका चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
पश्चिमबाट पूर्वतर्फ जादैगरेको बा१ क ९७५१ नंबरको मिनिट्रकले गोर्खा डिपार्टमेन्ट अगाडि महिलालाई ठक्कर दिएर भागेको थियो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकि महिलाको उपचारका लागि लैजाने क्रममा बिहिवार नै मृत्यु भइसकेको छ । मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।
स्थानीयका अनुसार मृतक महिला करिब ४० वर्षकी थिइन् र उनी बेवारिसे अवस्थामा बजार वरपर घुमफिर गर्ने गर्थिन्। प्रहरीले जनाएअनुसार ठक्कर दिने मिनि ट्रक घटनापछि फरार रहेका थिए । उनलाई प्रहरिले राति करिव १२ बजे खोजतलासका क्रममा इटहरिबाट पथरी प्रहरिले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरि जिल्ला रामधुनि बस्ने ४७ बर्षिय बलराम चौधरि रहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारि दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जानकारी दिएको छ ।