पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १ स्थित मन्दिरलाईनमा कृषा व्यूटीपार्लर एण्ड फेसन हाउसको उद्घाटन भएको छ । व्यूटि क्षेत्रमा विगत २५ वर्ष लामो अनुभव संगालेकि कृषा तिम्सिनाले उक्त व्युटिपार्लर एण्ड फेसन हाउस सञ्चालनमा ल्याउनुभएको हो ।

विहिवार एक औपचारीक कार्यक्रमकाविच वडा नं १ का वडाध्यक्ष भिमकुमार राइ, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक वस्नेत र सञ्चालिका तिम्सीनाले संयुक्त रुपरिवन काटि उक्त व्युटि एण्ड फेसन हाउसको उदघाटन गरिएको थियो । विगत २५ वर्षदेखि व्युटिपार्लर तथा फेसन क्षेत्रमा काम गर्दै आउनुभएकी तिम्सीनाले फिल्म मेकअप तथा व्युटि क्षेत्रमा तालिम समेत प्रदान गर्दै आउनुभएको छ । अव पथरीमा व्यवसायीक रुपमा तालिम समेत प्रदान गरिने उहाँले बताउनुभयो ।