सामुदायीक बन दिवसका अवसरमा डाँस मोरङ्गी सामुदायीक बनमा बृक्षरोपण

पथरी / सामुदायीक बन दिवसका अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायीक बन क्षेत्रमा वृक्षरोपण गरिएको छ । हरेक बर्ष विविध कार्यक्रम गरि मनाउदै आइएको सामुदायीक बन दिवस यस वर्ष डाँस मोरङ्गीमा बृक्षरोपण गरि मनाइएको हो ।


सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरकार्यसमितिले आयोजना गरेको उक्त वृक्षरोपण कार्यक्रममा सामुदायीक बन उपभोक्ता महासंघ मोरङले सहकार्य गरेको गरेको थियो । जंगलि जनावरहरुलाई जंगलमा आहाराको अभावमा जंगलि जनावरहरु सडकमा पुग्दा दुर्घटनाको जोखिम बढ्ने तथा बस्तीमा हात्ति प्रवेश गर्ने र क्षती बढ्ने हुदां त्यस्ता संभावित जोखिम न्युनिकरण हुने अपेक्षासहित उक्त बृक्षरोपण कार्यक्रम आयोजना गरिएको सामुदायीक बन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए ।

उक्त कार्यक्रम अन्तर्गत बन क्षेत्रमा २ सय ५० बोट केरा र कार्यालय परिसरमा २ सय ५० बोट सुपारी लगाइएको डाँस मोरङ्गी सामुदायीक बनका अध्यक्ष हरि निरौलाले जानकारी दिए । सामुदायीक बन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरअध्यक्ष मैनादेवि फुयालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापो प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्वापोले बन क्षेत्रका समस्या समाधानका लागि नगर सधै सहकार्य गर्न तत्पर रहेको बताए । आफुपनि बन क्षेत्रमा कार्य गरेकै विगत बताउदै कतिपय कार्यमा ऐन कानुन बाधक बनिरहेको समेत उनले बताए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय पथरीका कार्यालय प्रमुख डिएसपि तुलसिराम अर्यालले बन क्षेत्रमा हुने गरेका अपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि पनि प्रहरी र बनकर्मिहरुको सहकार्य रहनुपर्ने बताए ।


कार्यक्रममा विभिन्न सामाजिक संस्था र बन समितिहरुका साथै सयौं स्थानिय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.