पथरी। राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा रेडस्टार माविका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका छन् । व्यवस्थापन समूह लगायतका सबै संकायमा यस विद्यालयले पथरी शनिश्चरेमै सर्वोत्कृष्ट नतिजा दिँदै आफ्नो सफलता दोहोर्याएको छ ।

विद्यालयका चन्दन शाह र प्रबिन कट्टेलले समानरूपमा ३.९६ जीपीए ल्याएर नगरकै उच्चतम परिणाम ल्याएका छन् । यस्तै, मनिषा पोख्रेल र प्रमिश रिजालले ३.९२ जीपीए तथा प्रकाश राजभण्डारीले ३.८२ जीपीए प्राप्त गरेका छन् । परिक्षामा २ सय ७० जना परिक्षार्थी सहभागी थिए भने २ सय ६२ जनाले उत्कृष्ट ग्रेड ल्याएका थिए । समग्र रूपमा हेर्दा रेडस्टारले ९७.०४ प्रतिशत विद्यार्थीलाई उत्कृष्ट नतिजा सहित उतिर्ण गराएको छ ।
लगातार ७ वर्षदेखि पथरी शनिश्चरे नगरपालिकाभित्र शैक्षिक नतिजाको हिसाबले उत्कृष्टता कायम राख्दै आएको रेडस्टार माविले यस वर्ष पनि सफल पाटो थपेको छ। विद्यालय परिवारले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।