एसइइमा विराटनगरबाहिर मोरङकै सर्वाधिक नतिजा ल्याउने बाल्मिकीले गर्यो विद्यार्थिलाई सम्मान, राम्रो नतिजा ल्याउने विद्यार्थिलाई अवसरै अवसर

पथरी / गत एसइइमा मोरङको विराटनगरपछि जिल्लाकै सर्बोत्कृष्ट नतिजा ल्याएको पथरीशनिश्चरेको वाल्मिकी बोर्डिङले आफ्ना विद्यार्थिलाई सम्मान गरेको छ । सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि बाल्मिीकिले एसइइमा उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान गरेको हो ।

गत एसइइमा बाल्मिीकिबाट ७० जना विद्यार्थि सहभागि भएका थिए । जसमध्ये २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउनेमा आयुश्मा दाहाल र निश्चल न्यौपाने रहेका छन् । उनिहरुलाई विद्यालयले जनहि १ लाख नगदसहित सम्मान गरेको छ । त्यस्तै ३.९५ जिपिए ल्याउने ३ जनालाई जनहि १० हजार, र ३.९१ जिपिए ल्याउने ९ जनालाई जनहि ५ हजारका दरले नगदसहित सम्मान गरेको छ । बाल्मिीकिबाट सहभागि विद्यार्थिमध्ये अन्य ४४ जनाले पनि ३.६ जिपिए ल्याउदै बाल्मिकीको नतिजालाई सतप्रतिशत बनाउन सफल भए ।

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थिहरुले राउटे समुदायको साथै अन्य विविध नृत्यसहित सांगितिक प्रस्तुति दिएका थिए भने विद्यालयले शिक्षकहरुलाई सम्मान समेत गरेको थियो ।

उत्कृष्ट विद्यार्थिलाई अवसरै अवसर

बोर्डिङको उक्त कार्यक्रममा बोल्दै बाल्मिकीका संस्थापक नोवलकिशोर खनालले एस इइमा ३.९१ भन्दा माथि जिपिए ल्याउने विद्यार्थिलाई निशुल्क शिक्षा दिने घोषणा गरे । साथै उत्कृष्ट ७५ जनालाई पनि निशुल्क शिक्षा दिने घोषणा गरे ।

विद्यार्थिले उत्कृष्ट नतिजासहित पास हुन्छन भने उनिहरुको हौसला बढाउन अन्य विविध पुरस्कार तथा सम्मानका कार्यक्रहरुसमेत थप्दै जाने समेत उनले बताए । बाल्मिकीका ३ जनाले कक्षा ८ को गत परिक्षामा समेत ४ जिपिए ल्याएका थिए ।




Leave a Reply

Your email address will not be published.