लायन्स क्लब पथरीद्वारा सरस्वती आविलाई खेलकुद सामग्री हस्तान्तरण

पथरी / लायन्स क्लब अफ पथरीले पथरी शनिश्चरे वडा नं. ४ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेको छ। विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने र उनीहरूको शारीरिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ क्लबले फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टनका सामग्रीहरू हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ पथरीका अध्यक्ष हेम सागर चापागाईंको नेतृत्वमा लायन्सकर्मीहरू मुरारी आचार्य, रोशन बुढाथोकी, गोमा पौडेल, अनिता राई ,विन्दु चेम्जोङ लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष लोकनाथ न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर बस्नेत लगायतको पनि गरिमामय उपस्थिति रहेको थियो । सामग्री हस्तान्तरण पश्चात विद्यालयका प्रधानाध्यापक राम प्रसाद न्यौपानेले लायन्स क्लबप्रति आभार प्रकट गर्नु भयो।

क्लबले प्रदान गरेका यी खेलकुद सामग्रीले विद्यालयका विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने र खेलकुद गतिविधिमा थप सक्रिय हुन प्रेरणा मिल्ने विश्वास लिइएको छ। लायन्स क्लब अफ पथरीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published.