वाल्मीकि एसईई नतिजामा उत्कृष्ठ : सतप्रतिशत नतिजा

पथरी / २०८१ सालकाे एसईई परीक्षामा पथरी शनिश्चरेस्थित वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले सतप्रतिशत नतिजा हासिल गरेको छ ।

विद्यालयका प्रधानाध्यापक चन्द्र दुलालका अनुसार यस वर्ष एसईईमा सहभागी भएका ७० जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उनले भने, “हामी विद्यालयको गुणस्तरीय शिक्षा र निरन्तर शैक्षिक लगनशीलताको परिणामस्वरूप यस पटक पनि सतप्रतिशत नतिजा ल्याउन सफल भयौं । विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त प्रयासले हामीले यस्तो सफलता हात पारेका हौं ।”

विद्यालयका अनुसार दुई जना विद्यार्थी आयुष्मा दाहाल र निश्चल न्याैपानेले ४.० जिपिए ल्याएका थिए । त्यस्तै, तीन जनाले ३.९५ भन्दा माथी, नौ जनाले ३.९१ भन्दा माथी, दस जनाले ३.८ भन्दा माथी, नौ जनाले ३.७ भन्दा माथी, दस जनाले ३.६ भन्दा माथी, चौबीस जनाले ३.२ भन्दा माथी र तीन जनाले ३.० जिपिए भन्दा माथी हासिल गरेका छन् ।

विद्यालयका संस्थापक नवल किशोर खनालले विद्यालयले निरन्तर उत्कृष्टता र अनुशासनलाई प्राथमिकता दिँदै आएको र यही कारणले वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जानकारी दिनुभयो ।

वाल्मीकिले कक्षा ८ काे नतिजा प्रकाशनमा पनि नगरकै उत्कृष्ट अंक ल्याउन सफल भएकाे थियाे ।




Leave a Reply

Your email address will not be published.