कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको एक महिने वारिष्टा तालिम सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा एक महिने वारिष्टा तालिम सम्पन्न भएको छ । युवा लक्षीत कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं १० को सहयोगमा संस्थाले सो तालिमको आयोजना गरेको थियो ।

पथरीशनिश्चरे वडा नं १ स्थित ब्लाक विन्स कफि सपमा एक महिना सञ्चालन भइ सम्पन्न भएको उक्त समापन कार्यक्रममा पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष जिवन खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष खतिवडाले युवायुवतिहरुलाई उपयुक्त सिप प्रदान गर्न सके स्देशमै रोजगारको अवसर सृजना हुने बताए । साथै अव युवाहरुले यस्ता तालिमहरुलाई अवसरको रुपमा लिइ आगामि कार्यक्रमहरुमा पनि सहभागिताका लागि अनुरोध गरे । १० जना सहभागि एक महिने उक्त तालिमलाई व्लाक विन्सकि स्नेहा वालि साम्पाङ राईले प्रशिक्षण दिएकी थिइन । समापन कार्यक्रममा संस्थाका अध्यक्ष सागर थापाको अध्यक्षता रहेको थियो । पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको उक्त संस्थाले युवाहरुलाई स्वरोजगार वनाउन तथा खेलकुदका माध्ययमबाट सहि मार्गमा हिडाउन विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published.