पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा सम्पन्न प्रथम कञ्चनजंघा खुल्ला नकाउट क्रीकेट प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।

वडा नं १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा गत जेष्ठ १० गतेदेखि भएको उक्त प्रतियोगिता २० गते सम्पन्न भएको थियो । कोशि प्रदेशका विभिन्न जिल्लाका १६ वटा टिम सहभागि भएको उक्त प्रतियोगितामा ४ लाख ९० हजार ८ सय ९३ रुपैया खर्च भएको आयोजकले जानकारी दिएको छ । जसअन्तर्गत प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैया नगद तथा ट्रफि र मेडल र विधागत पुरस्कार गरि पुरस्कारमा रु १ लाख २२ हजार ३ सय ६८ रुपैया खर्च भएको छ । त्यस्तै आयोजक २ टिमलाई जर्सि तथा स्वयमसेवक तथा अफिसियललाई टिसर्टमा ५५ हजार ७ सय रुपैया खर्च भएको आयोजकले बताएको छ । त्यस्तै बल ब्याट लगायतका खेलसामग्रीमा २९ हजार ८ सय रुपैया खर्च भएको छ भने स्वयंसेवकलाई खाजा तथा १६ वटा टिमका खेलाडिलाई खाजा र यातायात खर्चमा ९६ हजार ६ सय ६० रुपैया खर्च भएको छ ।

एम्पायर, कमेन्टेटर तथा प्रचारप्रसार खर्चमा ४३ हजार ५ सय रहेको छ । भने मसलन्द तथा विविध १ लाख ४२ हजार ८ सय ६५ गरि जम्मा ४ लाख ९० हजार ८ सय ९३ ब्ययतर्फ रहेको छ भने आयतर्फ विभिन्न संघसंस्थाबाट २ लाख ७६ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ । जसअर्न्तत मुख्य सहयोगिका रुपमा डाँस मोरङ्गी सामुदायीक बनबाट ९० हजार र जिविओ आधारभुत विद्यालयबाट ७५ हजार रुपैया सहयोग प्राप्त भएको आयोजकले बताएको छ । त्यस्तै व्यक्तिगत सहयोग १ लाख ७८ हजार रुपैया तथा टिमको प्रवेश शुल्कबाट ३७ हजार रुपैया प्राप्त भएको अध्यक्ष सागर थापाले बताए ।
आम्दानि तर्फ ४ लाख ९२ हजार ३ सय ८८ र व्ययतर्फ ४ लाख ९० हजार ८ सय ९३ खर्च भइ जम्मा १ हजार ४ सय ९५ रुपैया सस्थाको नाममा बचत भएको खेल संयोजक सुजन कार्किले बताए ।