मानहानी हुने गरी समाचार प्रकाशन भएको भन्दै फुयलकाे आपत्ति

माेरङ/ काठमाडौं बाट प्रकाशित एक अनलाइन पत्रिकाले २०८२ साल जेठ २१ गते बुधबार प्रकाशित गरेको समाचारमा आफूलाई  जाेडेर भ्रम फैलाउने मनसायले समाचार प्रकाशन गरेको भन्दै माेरङकाे कानेपाेखरी ६ रमाइलोका युवा ब्यावसायी त्रिभुनाथ फुयल( सन्ताेष) ले विज्ञप्ति सार्वजनिक गर्दै समाचारकाे खण्डन गरेका छन् ।

अनलाइनले डाँस खाेलाबाट स्कावेटर प्रयाेग गरी  खाेलाजन्य पदार्थ ( गिट्टी ,वालुवा) ट्रिफरमा हाल्दै  गरेको तस्बिर राखेर सुकुना पैनीबाट वालुवा उत्खनन भएको समाचार प्रकाशन गरेको थियो । फुयलले विज्ञप्तिमा आफु खाेलाजन्य पदार्थको ब्यापार गर्ने ब्यावसायी नभएको उल्लेख गर्दै आफ्नो नीजि जग्गाकाे बालुवा निकालेर  प्रयाेग गर्दा आफु माथि अवैध उत्खननकाे आराेप लगाइएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा फुयलले  अनलाइनले तथ्यहीन र कपोकल्पित समाचार लेखेर आफ्नो मानमर्दन गरेको र समाचारकाे खण्डन गर्न आग्रह गर्दा समेत वेवास्था गरेकाे उल्लेख गरेका छन् ।

उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ- मोरङको कानेपोखरी–६ रमाइलो बजारपूर्व सुकुना पैनीले करिब दुई वर्षअघि धार परिवर्तन गरी बयरवन–८ ज.काे कि.नं. २१७६ नम्बरको आफ्नो जग्गा र सरु श्रेष्ठ (बन्दना कार्की) को जग्गामा खाेलाजन्य पदार्थ डम्पिङ गरेको थियो। हाल सरु श्रेष्ठले सोही डम्पिङ सामग्री प्रयोग गरी आफ्नो निजी घर निर्माण गरिरहेकी छन्।

“मैले मात्र आफ्नो  निजी खेत सम्याउने उद्देश्यले त्यहाँ थुपारिएको गिट्टी–बालुवा हटाएको हुँ। तर यसबारे पूर्वजानकारी लिनुपर्ने व्यवस्था रहेछ भन्ने जानकारी नपाएकोले सूचना नदिएको हुँ,”। ब्यक्तिगत सम्पत्ति भित्र रहेको प्राकृतिक स्राेतकाे उपभाेग गर्न स्थानीय सरकार स्वीकृति चाहिने कुरा जानकारी नभएकाेले समस्या उत्पन्न भएको  विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उक्त स्थानसम्म सजिलै जेसीभी समेत पुग्न नसक्ने अवस्थाको सडक भएको बताउँदै स्काभेटर प्रयोग गरेर खोलाबाट सीधै बालुवा गिट्टी निकालिएको दाबी निराधार भएको उल्लेख छ। उनले समाचारमा प्रयोग गरिएका तस्बिरहरू समेत अर्कै खोलाका भएको दावी गरेका छन् । “यसरी कुत्सित मनसायले समाचार लेखिनु पत्रकारिताको आचारसंहिता विपरीत हो,” विज्ञप्तिमा भनिएको छ।

आफूले पटक–पटक समाचार खण्डनको लागि अनुरोध गरे पनि र अनलाइनले कुनै पनि प्रतिक्रिया नदिएको भन्दै  उनले विज्ञप्ति सार्वजनिक गर्न बाध्य भएको बताएका छन्। फुयलले पालिकालाई समेत सम्बन्धित जग्गा क्षेत्रको नापजाँच गरी स्टक सामग्रीको मूल्याङ्कन गर्न अनुरोध गरेका छन् र आवश्यक छानबिनका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।




Leave a Reply

Your email address will not be published.