पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको रेडस्टार बोर्डिङले भव्य कार्यक्रमका साथ कक्षा १२ का विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगर शिक्षा शाखा प्रमुख नवीन खुलालको प्रमुख आतिथ्यता सिन भिलेज पार्टी प्यालेसमा बोर्डिङले कक्षा १२ मा अध्ययन गरि परीक्षा दिने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले रेडस्टार पथरी शनिश्चरे नगरमै एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल गरेको पनि चर्चा गर्नुभयो ।
ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हब को रूपमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टी .एन. तिमल्सिनाले विद्यालयले छात्र छात्राहरूलाई थप शैक्षिक उन्नयनका लागि संस्कार सहितको
जीवनोपयोगी शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले स्नातक तहमा व्यवस्थापन संकायमा केही वर्षदेखि ऋतम्भरा कलेज पनि संचालन भैरहेको बताउनुभयो।
कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य तथा वक्तव्य मार्फत आ – आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।उक्त अवसरमा वरिष्ठ गायक नन्दु गुरुङले विद्यार्थीहरूमाझ सुमधुर गीतहरू गाएर अतिथि तथा दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।