४ जिपिए ल्याउने आफ्ना २८ जना विद्यार्थीलाई बाल्मिकीको सम्मान

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको बाल्मिीकी मेमोरीयल बोर्डिङ स्कुलले गत परिक्षामा ४ जिपिए ल्याउने कक्षा ६ देखि १० सम्मका आफ्ना २८ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यार्थिले विभिन्न कक्षामा ४ जिपिए ल्याएर उतिर्ण हुने आफ्ना २८ जना विद्यार्थिहरुलाई जनहि नगद रु ५ हजार सहित सम्मान गरेको हो । जसअन्तर्गत कक्षा ६ बाट ९ जना, ७ बाट ७ जना, ८ बाट ६ जना, ९ बाट ३ जना र १० बाट ३ जना रहेका छन् । पथरीशनिश्चरे २ स्थित सिनभिलेज पार्टी प्यालेसमा सम्पन्न उक्त विद्यार्थि प्रोत्साहन तथा उत्प्रेरणा कार्यक्रममा पथरीशनिश्चरे वडा नं ८ का वडाध्यक्ष तथा नगरप्रवक्ता  नविनजंग कार्कि प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्किले बाल्मिकि अध्ययनको लागि उपयुक्त विद्यालय रहेको बताउदै भविश्यमा पनि यश विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उच्च स्थानमा पुगि नगरको नाम चम्काउनेमा आशावादि रहेको बताए । उक्त कार्यक्रममा विराटनगरबाट आएका सि.एम बस्नेतले विद्यार्थीलाई उत्प्रेरणादायी शिक्षा प्रदान गरेका थिए ।

विगतका वर्षहरुमा पनि उत्कृष्ट अंक ल्याउने विद्यार्थिलाई सधै हौसला मिलोस भनेर यस्तै प्रकारका कार्यक्रम राखिएको स्मरण गर्दै कार्यक्रमका सभाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालले हरेक विद्यार्थीले थप मेहनत गर्दै गए अझ थप पुरस्कृत र सम्मान गर्न तयार रहेको बताए ।

प्रिन्सीपल चन्द्र दुलालले सञ्चालन गरेको उक्त कार्यक्रममा ६ सय बढी विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।




Leave a Reply

Your email address will not be published.