दोश्रो पथरीशनिश्चरे खेलकुद महोत्सव २०८२ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नाजिरिन एफ.सी. विजयी

पथरी / दोश्रो पथरीशनिश्चरे खेलकुद महोत्सव २०८२ अन्तर्गतको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नाजिरिन एफ.सी. ले टाइब्रेकरमा न्यु स्टार फुटबल क्लबलाई ४-२ को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

निर्धारित समयको ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेन। खेलभरि आक्रमणमा देखिएको न्यु स्टारले गोलका थुप्रै अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न असफल रह्यो। टाइब्रेकरमा भने नाजिरिनका अभिषेक लिम्बू, बसन राई, सौगात जोगी र अपन राईले गोल गर्दै टोलीलाई जित दिलाए।

न्यु स्टारतर्फ रोजिन शिवाकोटी र अखिल खजुमले मात्र गोल गर्न सफल भए। रोहन लिम्बुको प्रहार पोस्ट बाहिर जान पुग्दा संयोग लिम्बुको प्रहार नाजिरिनका उत्कृष्ट गोलकिपर बादल लिम्बुले रोक्न सफल भए।

सानदार प्रदर्शनका लागि नाजिरिनका गोलकिपर बादल लिम्बु ‘म्यान अफ दि म्याच’ घोषित भए।

महोत्सव अन्तर्गत आइतबारको खेल विशाल युथ क्लब र सुनौलो कल्याण क्लबबीच हुने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published.