एसियन हाइवे सडक बिस्तार ब्यक्तिको जग्गामा

पथरी / एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानियमा थप त्रास पैदा भएको छ ।

कानेपोखरि गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डांस खोलाविचमा रहेको करिव १ किलोमिटर सडक निर्माणकै समयमा गलत स्थानमा बनाइदा अहिलेसम्म स्थानियले झमेला बेहोर्दै आएका छन् । नक्सामा हेर्ने हो भने उक्त सडक हाल सञ्चालनमा रहेको सडक भन्दा करिव २५/३० फुट दक्षिमा रहेको देखिन्छ । तर सडक निर्माणकै समयमा एकापटि सडक बनाएर अर्कोतर्फ नक्सामा कायम गर्दा बर्षौसम्म स्थानियले पिडा भोग्दै आएका छन् ।

स्थानियका अनुसार आफ्नो घर तथा जग्गाको नक्सामा सडक देखाइदिदा न आफ्ना घर जग्गा विक्रि भएका छन, न त बैङ्कीङ कारोबार नै गर्न पाएका छन् । बर्षौँदेखि भोग्दै आएको सोहि समस्याले उक्त सिंगो गाउँनै विकास निर्माणमा पछि परेको समेत स्थानिय बताउँछन् । उक्त स्थानमा पेट्रोल पम्प सञ्चालन गर्न केहि व्यवसायी आएर जग्गाको कारोवार गर्ने क्रममा समेत सोहि जग्गाको समस्याका कारण प्रक्रिया अघि बढ्न नसक्दा पम्प सञ्चालन नै हुन नसकेको उदाहरण समेत रहेको छ । सार्क राष्ट्रलाई जोड्ने नेपाल सरकारकै गौरवको योजनाअन्तर्गत रहेको एसियन हाइवे निर्माणका क्रममा समस्या समाधान हुन नसक्दा उक्त क्षेत्रमा सडक निर्माण प्रक्रिया हाललाई स्थगित गरिएको छ । तर डांस खोला र मोरङ्गी खोलामा नया सडक निर्माण अन्तर्गत पुल समेत सम्पन्न हुन लागेको छ जसले गर्दा स्थानिय थप त्रासमा रहेका छन् ।

सडक निर्माण आयोजना प्रमुख जगत प्रजापतिसंग यस विषयमा बुझ्दा उक्त समस्या समाधान नभइ जिरिखिम्ती क्षेत्रमा सडक विस्तार नगरिने र समस्या समाधानका लागि चरणबद्ध छलफल भइरहेको बताउँछन् । आफ्नो घर छ जग्गा छ तर २०२०÷२२ तिर निर्माण भएको उक्त सडक निर्माणका क्रममा भएको लापरवाहिले हालसम्म आफुहरु समस्या भोगिरहनुपरेको स्थानिय पिडित मदन पोख्रेल बताउँछन् । हाल उक्त क्षेत्रमा दर्जनौं घर परिवारले सोहि समस्या भोग्दै आइरहेका छन् । बर्षौँदेखि आफुहरुले मालपोत तिर्दै आएको जग्गाको समस्या समाधान राव्यपक्षबाट नहुँदा आजित भएको पोख्रेल बताउँछन् ।




Leave a Reply

Your email address will not be published.