राष्ट्रिय बनलाई चाक्ला बनमा लैजान खोजेपछि सामुदायिक बनको आपत्ति, डिभिजन बन कार्यालय प्रमुखलाई ज्ञापनपत्र

पथरी / पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डांस खोला देखि कानेपोखरिको चिसाङ खोला सम्मको उत्तरी भेगमा रहेको राष्ट्रिय बनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक बनले आपत्ति जनाएका छन् ।

सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४/४ तथा लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक बनका प्रतिनिधि तथा वन अभियान्ताहरुले सोमबार डिभिजन बन कार्यालयमा ज्ञापन पत्र बुझाउदै उक्त निर्णयको विरोध गरेका छन् । कानेपोखरि,लेटाङ र पथरीशनिश्चरेका १३ वटा सामुदायिक बनले छोएको उक्त राष्ट्रिय बन करिव १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सामुदायिक बनमा उपभोक्ताको संख्या दिनानुदिन बढ्दो रुपमा गइरहेको अवस्थामा सोहि १३ वटा बनका उपभोक्ताले रेखदेख गर्दै आइरहेको राष्ट्रिय बन समुदायलाई नै हस्तान्तरण गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त बनलाई चाक्ला वनको अवधारणा अन्तर्गत लैजाँदा संरक्षीत राष्ट्रिय बनलाई स्थानियस्तरबाट संरक्षणको कार्य निरन्तर भइरहेको भए पनि सेवा सुविधाबाट बञ्चित गरिँदा स्थानिय उपभोक्तालाई अन्याय हुने सामुदायीक बन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए ।

सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला महासंघ मोरङको नेतृत्वमा डिभिजन बन कार्यलय मोरङ पुगेको उक्त टोलिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनि समेत दिएको छ ।




Leave a Reply

Your email address will not be published.