पथरी / मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समिति संगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नाक कान घाँटि र आंखासम्बन्धि सेवा दिने उद्धेश्यले शनिवार सञ्चालित उक्त शिविरमा करिव १ सय ५० जना सेवाग्राहिले सेवा लिएको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडिले जानकारी दिए । संस्थाको भवनमा सम्पन्न शिविरमा आंखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक,कान,घाँटि रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए । शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहिहरु लाभान्वित भएका छन् । नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोगका साथै स्थानिय युवाहरुलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सोहि संस्थाका युवाहरुले गत तिहारमा खेलेको देउसि भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडिले बताए ।