प्याराफिट निर्माण सम्वन्धमा सर्वपक्षीय भेला

पथरी / पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा खेलमैदान (प्याराफिट) निर्माण सम्वन्धमा सर्वपक्षीय भेला सम्पन्न भएको छ ।

पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित खेल मैदानमा प्याराफिट निर्माण गर्न पथरी शनिश्चरे नगरपालिकाबाट आ.व. २०८१/०८२ मा रु. ५० लाख वजेट विनियोजन भएको र सो निर्माण सम्वन्धमा सर्वपक्षीय भेला गरिएको हो । सो सर्वपक्षीय भेलाले नगरका आम युवा तथा खेलाडीहरुको लागि खेलमैदान स्तरोन्नति गर्न आवश्यक रहेको उक्त खेलमैदान निर्माण हुँदा वन वनस्पति तथा वातावरणीय क्षेत्रमा असर नपर्ने अवस्था रहेकोले सो खेलमैदानमा प्याराफिट निर्माण गर्न नगरपालिकाबाट योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उपस्थित राजनैतिक दल, सामाजिक व्यक्तिहत्वहरुले सहमति जनाएका छन् ।

सर्वपक्षीय भेलामा नगरका उप–प्रमुख देविमाया काफ्ले, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), निवर्तमान उप–प्रमुख यमुना बिष्ट बास्तोला, वडा नं. १ का अध्यक्ष भीम राई, एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष तुलसी ढकाल, नेपाली कांग्रेसका नगर सचिव सन्तोष कटुवाल, नेकपा माओवादीका प्रदेश सल्लाहकार शिवप्रसाद तिम्सिना, सञ्चारकर्मी अर्जुन जम्नेली राई, वसन्तकुमारी राई, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ, नगरका कानूनी सल्लाहकार दीपक राई, नेकपा एमाले वडा नं. १ का अध्यक्ष प्रदिपकुमार राई, सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, पथरी जेसीजका अध्यक्ष निर्मला भट्टराई, नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, नगरका खेलाडीहरु साथै खेलप्रेमी युवाहरु लगायतको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.