पथरी /आधारभूत स्वास्थ्य सेवा केन्द्र पथरी शनिश्चरे– १ को स्वास्थ्य व्यवस्थापन समिति साथै खोप समन्वय समितिका अध्यक्ष भीम राईको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ ।
बुधवार पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बसेको बैठकले माघ २७ गतेदेखि एच.पी.भी. खोप केन्द्र निर्धारण गरिएको छ । पुस २७ गते न्यू पेगोडा र अन्नपूर्ण मावि, २८ गते सुनाखरी मावि र भू.पू. सैनिक, २९ गते पञ्चायत मावि, ३० गते एभरेष्ट आमावि र फागुन १ गते आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।
यसैगरी विद्यालयको पहुँचबाट टाढा भएका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई वडा नं. १ को ५ वटै टोलहरुमा किशोरी खोजी गर्न र आ–आफ्नो तह र क्षेबाट सहयोग गर्ने निर्णय गरिएको छ ।