वडा नं. ४ को दुई परिवारलाई आवासीय घर हस्तान्तरण

पथरी / पथरी शनिश्चरे नगरपालिकाले विपन्न परिवारलाई आवासीय घर निर्माण गरी हस्तान्तरण गर्ने कार्य निरन्तर भइरहेको छ । सोही क्रममा वडा नं. ४ का अति विपन्न दुई परिवारलाई आवासीय घर निर्माण पूरा गरी सोमवार हस्तान्तरण गरिएको हो ।

नगर उप–प्रमुख देवीमायाँ काफ्लेको अगुवाइमा मनकुमार श्रेष्ठ र देवीमायाँ लिम्बुलाई आवासीय घर हस्तान्तरण गरिएको हो । सुरक्षित आवास प्राप्त गरेपछि लाभान्वित परिवारहरूले नगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।
आवास प्राप्त गरेपछि खुशी हुदैँ मनकुमार श्रेष्ठले भन्नुभयो–‘सुरक्षित घर नहुँदा निकै कठिनाइ भोग्नुपरेको थियो । अब आफ्नै घरमा सुरक्षित रूपमा बस्न पाउने भएका छौँ । नगरपालिकालाई धेरै धन्यवाद ।’

यसैगरी आवास नहुदाँको पिडा व्याक्त गर्दै देवीमाया लिम्बुले भन्नुभयो–‘आर्थिक अवस्था कमजोर भएकाले आफैंले घर बनाउन सक्दिनथ्यौँ । श्रीमानको प्राण अन्त्यभए पछि परिवारको अवस्था निकै खराब भएको थियो । नगरपालिकाले हामीलाई घर दिएर ठूलो राहत दिएको छ ।’

आवास हस्तान्तरण कार्यक्रममा नगरका योजना शाखा प्रमुख एवं सूचना अधिकारी शिव कुमार राई, राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राई, प्राविधिक रन्जित राजवंशी लगायतको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.