पथरी / नेपाल खेलकुद महासंघ पथरीशनिश्चरे नगरकमिटीको आयोजनामा पथरीको रत्नचौकमा रहेको शहिद रत्नकुमार बान्तवा स्मारकमा दिपप्रज्वलन गरेको छ । सो अवसरमा शहिद रत्न कुमार वान्तवा लगायत देशको व्यावस्था परिर्वतनका लागी भएका विभिन्न आन्दोलनमा विरगती प्राप्त गरेका शहिदको सम्झनामा सो कार्यक्रम गरिएको हो ।
दिप प्रज्वलन अघि स्मारकको सफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको राष्ट्रिय झण्डा पुरानो भएकाले नयाँ झण्डा राखिएको थियो । कार्यक्रममा पथरीशनिश्चरेका नगरप्रमुख मोहन तुम्वापो,पुर्व नगरप्रमुख दिलिप कुमार राई, नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष सितल राया, नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहाल,वडा अध्यक्ष नविन जंग कार्की लगायतको उपस्थीती रहेको थियो ।
सो कार्यक्रमको संन्चालन महासंघ नगर सचिव अर्जुन काफ्लेले गरेका थिए भने अध्यक्षता महासंघ नगर अध्यक्ष दिवस खजुमको रहेको थियो । महासंघ नगरकमिटीले यो पहिलो औपचारीक कार्यक्रम गरेको हो ।