पथरी / पथरीशनिश्चरे नगरपालिकाले कुष्ठरोग जितेर आएका नगरका ८ जनालाई सम्मान गरेको ट । आइतवार ७२ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा वडा नं ३ मा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरउपप्रमुख देविमाया काफ्लेले कुष्ठरोग समयमै पहिचान र उपचार गर्न सके पूर्ण रुपमा ठिक हुने बताउनुभयो । उहाँले कुष्ठरोग विरुद्धको अभियानमा सबै नगरवासिले सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मुरारि आचार्य, स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्रि लगायतको उपस्थिती रहेको थियो ।