लायन्सद्धारा दुर्गा माविका विद्यार्थिलाई न्यानो कपडा वितरण

पथरी / लायन्स क्लव अफ पथरीले पथरीशनिश्चरे ७ स्थित दुर्गा मा.विका विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले वुधवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कक्षा १ देखि कक्षा १० सम्मका १३२ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पथरीशनिश्चरे नगरउपप्रमुख देविमाया काफ्लेले नाना,छाना, र खानाको व्यवस्थाका लागि नगर पूर्ण रुपमा लागिरहेको बताउनुभयो । नगरको उक्त अभियानलाई लायन्स क्लवको सो कपडा वितरणले थप सहजता भएको समेत उहाँले बताउनुभयो ।

केहि महिनाअघि सोहि विद्यालयलमा आँखा शिविर पनि राखेको स्मरण गर्दै लायन्स क्लव पथरीका अध्यक्ष तथा पथरी नगर अस्पतालका स्वास्थ्य शाखा प्रमुख मुरारि आचार्यले आफु स्वास्थ्यसंग सम्वन्धित ब्यक्ति भएकोले यस विद्यालयलाई स्वास्थ्य सेवाको क्षेत्रमा पनि विशेष प्राथमिकतामा राखेको मुरारि आचार्यले बताउनुभयो ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष उद्धव बस्नेत, शिक्षा शाखा प्रमुख नविन खुलाल, इलाका प्रहरी कार्यालयका डिएसपि मोहन विक्रम दाहाल लगायतको उपस्थिती रहेको थियो ।