कानेपोखरीको ग्रामिण भेगमा पृथ्विजयन्तिः– सयौंको सहभागिता

पथरी / मोरङको कानेपोखरीस्थित हरकपूरमा पृथ्वि जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । ३०३ औं पृथ्विजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिवार सम्पन्न कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो ।

राष्ट्रिय नागरिक संघर्ष समिति मोरङ क्षेत्र नं २ ल आयोजना गरेको उक्त कार्यक्रमलाई सुर्यविनायक शिव मन्दिरवाट जय नेपाल चोकसम्म र्यालीको आयोजना गरि शुरु गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राप्रपा कानेपोखरी गाउँपालिका अध्यक्ष तिर्थ व गुरुङले जनताको करले नेताहरु पालिएपनि जनताका लागि अपेक्षीत कार्यहरु गर्न नसक्नु दुखद रहेको बताए । साथै पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई राज्यले त्यतिका सुविधा दिएर राख्दा पनि फेरि सक्रिय राजनितिमा फर्कन खोज्नु पनि दुखद रहेके बताए ।

मन्तव्यकै क्रममा राप्रपा मोरङ जिल्ला प्रचार प्रसार संयोजक पर्र्शु सुवेदिले ९०% बढी हिन्दु राष्ट्र रहेको देशलाई षडयन्त्रमुलक ढङ्गले धर्मनिरपेक्ष राष्ट्र घोषण गरेकोमा आपत्ती रहेको बताए । त्यस्तै अर्का बक्त सुवास चन्द्र निरौलाले पृथ्विनारायण शाहको मुर्तिमा थुक्दा तथा भत्काउदा सेना चुप लागेर बस्नु दुखद रहेको बताउदै त्यस्ता जो कोहिलाई कारवाहि गर्नुपर्ने बताए । कार्यक्रममा दर्जनौ भजन किर्तन मण्डलीको उपस्थितीका साथै प्रस्तुति समेत दिएका थिए ।