प्रेम के.डि
पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीको मानव वस्तिको विचमा राख्न लागिएको अस्पाल प्लान्ट नराखिने भएको छ ।
विच गाउँमा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने गरि प्लान्ट राखिने तयारी गरिएपछि स्थानियको गुनासो विभिन्न मिडियामा प्रकाशन भएको थियो । सोहि समाचारको प्रभावले प्लान्ट नराखिने भएको काकडभिट्टा – लौकहि सडक विस्तारका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । स्थानियवासिको स्वास्थ्यमा गम्भिर प्रकारको असर पर्ने गरि अस्पाल प्लान्ट राख्ने तयारी थालेपछि उनिहरु सञ्चारमाध्यय गुहार्न वाध्य थिए । सोहि समाचार सोमवार विभिन्न मिडियामा प्रकाशन भएको थियो ।
समाचार दर्जनौ मिडियामा प्रकाशन भएपछि उक्त प्लान्ट अन्यन्त्र (मानव वस्ति वाहिर) सार्न लागिएको वुझिएको छ । आयोजना प्रमुख प्रजापतिसंग सम्पर्क गर्दा उनले भने ‘ लिखित रुपमा नआएपनि मिडियाको दवावले सो ठाउँमा प्लान्ट नराख्न माथिल्लो निकायको सल्लाह आएको छ, अव उक्त वस्तिमा प्लान्ट नराखिने भएको छ ।’