पथरी / उज्यालो जीवन प्रतिष्ठान नेपालले आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाको टिम सेमिफाइनल हुँदै फाइनल प्रवेश गरेको छ । सुन्दरहरैचा नगरपालिकालाई २-० गोलले पराजित गर्दै पथरी शनिश्चरे टिमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पथरी शनिश्चरे नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार टिमको सफलताको मुख्य कारण खेलाडीको मेहनत लगनशील र अनुसासन रहेकाे बताउनु भयाे ।
नगरप्रमुख मोहन प्रसाद तुम्वापोले फाइनल खेलको लागि शुभकामना व्यक्त गर्दै यस्तो प्रतियोगिताले नगरस्तरमा खेलकुदको विकास र प्रतिभाको पहिचानमा सहयोग पुग्ने बताउनु भयाे ।
आजकाे सेमिफाइनलमा कानेपाेखरी गाउँपालिका संग लेटाङ नगरपालिका भिड्ने छ भने, फाईनल खेल पूस २० गते हुने आयोजकले जानकारी दिए ।