डिएसपि दाहालको सक्रियताको सफलता :- ५ महिनामा ४० फरार प्रतिवादी पक्राउ

प्रेम केडि
पथरी / इलाका प्रहरी कार्यालय पथरीको कमाण्ड सम्हालेको छोटो समयमै डिएसपि मोहन विक्रम दाहालको सक्रियताले सफलता पाउन थालेको छ ।

नेतृत्व सम्हालेको दिनदेखि नै लागुऔषध कारोबारीविरुद्ध खरो रुपमा एक्सनमा उत्रिएका डिएसपि दाहाल लागुऔषध कारोवारी तथा प्रयोगकर्ताको टाउको दुखाइको पात्र बन्दै गएका छन् । त्यतिमात्र हैन डिएसपि दाहालको कमाण्डको पाँच महिना नपुग्दै अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका ४० जना प्रतिवादीलाई पक्राउ अदालतमा बुझाएका छन् । जसमध्ये लागुऔषध मुद्धामा ११ जना, चोरि मुद्धामा ७ जना, सवारी ज्यान सम्बन्धि मुद्धामा ७ जना, वन सम्बन्धि मुद्धामा ६ जना, लिखित गाली वेइज्जतीमा १,वैङ्कीङ कसुरमा १, अभद्र व्यवहारमा १, जालसाजमा १, काठओसारपसारमा १, कुटपिटमा १, सम्बन्ध विच्छेदमा १ का साथै गाली वेइज्ती र लेनदेनमा १/१ जना रहेका छन् ।

साथै अदालतबाट दोसि ठहर भएर जरिवाना तोकिएका विभीन्न व्यक्तिहरुबाट उठ्नुपर्ने ७ लाख बढी रकम पनि उनकै सक्रियताका कारण उठ्न सफल भएको छ ।