प्रेम के.डि
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाले खरिद गरेको नया गाडिबारे सामाजिक सञ्जालमा उठेको चर्चा भ्रामक रहेको पाइएको छ ।
केहिदिन अघि नगरपालिकाले विद्युतिय गाडि खरिद गरेपनि उक्त गाडि हालसम्म आधिकारीक रुपमा नगरपालिकाको नाममा आइसकेको छैन । विक्रेता पक्ष नगरपालिकासंग रकम बुझ्न आइनसेका कारण उक्त गाडि पास भइसकेको छैन । पास समेत भइनसकेको उक्त गाडिलाई सरकारी गाडिमा प्राइभेट नंबर प्लेट लगाएर दुरुपयोग गरेको भनि केहि मिडिया र सामाजिक सञ्जालले नगरबासिलाई गलत सन्देश दिन खोजेको प्रति नगरपालिका अचम्मित रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सशि राईले बताए । सामाजिक सञ्जालमा लाइक, कमेन्ट र फलोर्स बढाउनकै लागि केहि ब्यक्तिहरु नियोजित रुपमा नगरपालिकाबारे भ्रम छरिरहेको समेत उनले बताए ।
नगरपालिकामा रहेका अधिकांस सवारी साधन विभिन्न संघसंस्थाले दिएका छन् । तर ति सवारी साधन पनि धेरै पुरानो भएका कारण इन्धन र मर्मतको खर्च कम गर्नकै लागि विद्युतिय गाडि खरिद गरिएपनि पास गर्ने प्रकृयामा रहँदा रहँदै विवादित बनाइएकोप्रति दुख लागेको अधिकृत राईले बताए ।