पथरी / पथरीशनिश्चरे नगरपालिका वडा नं. ३ ले स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक स्थानहरूमा डस्कबिन राखेको छ । ज्योति विकास बैंक पथरी शाखाले प्रदान गरेको २० थान डस्कबिन स्थानीय क्षेत्रका विभिन्न स्थानहरूमा व्यवस्थापन गरिएको हो ।
वडा कार्यलको अनुसार बजार क्षेत्र, विद्यालय आसपास, मठमन्दिर, चर्ज र अन्य भीडभाड हुने स्थानहरूमा यी डस्विन राखिएको छ । फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन र वातावरणीय स्वच्छता सुनिश्चित गर्न यो पहल गरिएको वडाध्यक्ष बिजय लिम्बुले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बुले वडालाई डस्विन प्रदान गरेकोमा ज्योति विकास बैंक पथरी शाखालाई धन्यवाद दिनुभयो ।
वडाध्यक्ष लिम्बुका अनुसार, विभिन्न स्थानमा डस्विन राखिए पनि जनचेतना अभिवृद्धि नभएसम्म समस्याको दीर्घकालीन समाधान नहुने भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
ज्योती विकास बैंकले यस्ता गतिविधि अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्विन उपलब्ध गराएको हो । स्थानीयवासीहरूले वडा कार्यलय र बैंकले चालेको यो कदमको प्रशंसा गर्दै स्वच्छ नगर निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
सो कार्यक्रममा वडाध्यक्ष लिम्बु सहित वडा सदस्यहरु टंकप्रसाद पराजुली झन्केस्वरी अधिकारी, संझना नेपाली लगायत सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।