नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र ग्रेटग्रेसलाई

पथरी / नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र ग्रेटग्रेसले हात पारेका छन् ।

 

 

पथरी निश्चरे वडा नं. १ मा स्थापित भूपू सैनिक अंग्रेजी बोर्डिङ स्कुलको हातामा शुक्रबार भएको सो लोकनृत्य प्रतियोगितामा सिनियरतर्फ रेडस्टार मावि र जुनियरतर्फ ग्रेटग्रस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगितामा सिनियरतर्फ दोस्रो स्थान एभरेष्ट आमाविले हासिल गरेको छ । यसैगरी जुनियरतर्फको दोस्रो स्थान एभरेष्ट आमावि र तेस्रो स्थान भूपू सैनिक बोर्डिङ स्थानले हासिल ग¥यो ।

प्याब्सन अध्यक्ष सन्तोष बस्नेतको सभाध्यक्षमा भएको सो नृत्य प्रतियोगितामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख तुम्वापोले मन्तव्यका क्रममा भन्नुभयो–‘साँस्कृतिक नृत्यहरु हेर्ने मौका र जीवन्त राख्ने कार्य प्याव्सनले गरेको छ त्यसैले प्याव्सनलका सबै पदाधिकारीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

यसैगरी कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे सभाध्यक्ष सन्तोष बस्नेतले प्रष्ट्याउनुभएको थियो । नगर स्तरीय यस प्रतियोगितामा सिनियरतर्फ प्रथम र दोस्रो जुनियरतर्फ प्रथम, दोस्रो र तेस्रो जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने नगर सचिव सुजन बास्तोलाले जानकारी दिनुभयो ।

सो कार्यक्रमममा विशिष्ट अतिथिका रुपमा प्याब्सन प्रदेश कार्य समिति कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, इप्रका पथरीका प्रमुख मोहन विक्रम दाहाल, पथरी शनिश्चरे नगरपालिका युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, प्याव्सन जिल्ला कार्य समिति मोरङ सल्लाहकार टिकाप्रसाद दंगाल, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत, लायन्स क्लब अफ पथरीका अध्यक्ष एवं नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.