किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार तथा प्रमाणीकरण र अनुगमन मल्यांकन समन्वय समिति निर्माण

पथरी / किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार तथा प्रमाणीकरण र अनुगमन मल्यांकन गर्न स्थानीय तह समन्वय समिति निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

आज पथरी शनिशचरे नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोको रहेको थियो । यसैगरी कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षद्वय जीवन खतिवडा र भीम राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा सदस्य वसुन्धरा गुरुङ, स्वास्थ्य शाखा अधिकृत जगत मगर, विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नगर स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य कर्मचारी तुलशा लकान्द्रीले किशोर किशोरी मैत्री स्वास्थ्य स्थिति बारे आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।

सोही कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह समन्वय समिति गठन पनि गरिएको छ । जसमा संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापो, सह–संयोजक देविमाया काफ्ले, सदस्यहरु जीवन खतिवडा, अर्जुन बुढाथोकी, नविन खुलाल, मुरारी आचार्य, हरिष्कर साह, अनुष्का राई, पुजा रिजाल, मणि केरुङ रहनुभएको छ ।