पथरीशनिश्चरे नगरमा ग्रेट इभेन्ट पीटी र उत्प्रेरणा प्रशिक्षणको समापन

पथरी / मोरङको पथरी शनिश्चरेमा अवस्थित पञ्चायत माविमा तीन दिने ‘सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम’ शनिबार समापन भएको छ ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कक्षा १२ र एसइई परीक्षामा सत प्रतिशतर नजिता, खेलकुद तथा अतिरिक्त क्रियाकलामा अब्बल भएकै कारण नेपाल देशमै उत्कृष्ट (नमूना) घोषित विद्यालय रुपन्देही जिल्ला बुटवल नगरपालिकाको कालिका मानवज्ञान माविको अनुभव शेयरिङ भयो ।

कालिका माविलाई उत्कृष्ट बनाउन गरिएको संघर्षको अनुभव पथरी शनिश्चरे नगरमा रहेका २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कार्यसमिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुसँग बुटवलका कालिका माविका प्रधानाध्यापक दिनेश थापा, शिक्षक हरिश ओलीबाट राम्रा गनिएका देशैभरका विद्यालयहरुको अनुभव पथरीले सुन्न र भिडियो मार्फत् देख्न पाएका छन् ।

पथरीशनिश्चरे नगर शिक्षा बिभागका प्रमुख नवीन खुलालको योजनामा पञ्चायत माविको आयोजनामा भएको तीन दिने (मंसिर १३—१५) कार्यक्रममा विद्यालय कस्तो हो, गेटबटै लक्षण बुझिने बताउनुभयो ।

विद्यालयलाई उत्कृष्ट बनाउन प्रधानाध्यापक मात्र लागेर संभव नहुने सम्पूर्ण शिक्षक, कर्मचारीहरु र विद्यालय व्यवस्थापन समिति लागे मात्र रोल मोडल बनाउन सकिने कालिकाका प्रअ थापाले बताउनुभयो । प्रत्येक शिक्षकहरुले सिर्जनशील ढंगले कक्षालाई ४५ मिनेट पुरा समय दिएमा कोचिङ र ट्युसन केही दिनुनपर्ने कालिकका शिक्षकहरुले अनुभव सुनाएका छन् ।

कालिका माविमा हरेक बर्ष सत प्रतिशत नजिता निकाल्ने उच्च जीपीएको आधारमा शिक्षकलाई सम्मान÷पुरस्कार र कथमकदाचित विद्यार्थी असफल भएमा कडा स्पष्टिकरण लिइने र नियम अनुसार सजाय दिने शिष्टम रहेको बताउनुभयो ।




Leave a Reply

Your email address will not be published.