बर्षातका कारण बेलवारी आरजु राइस गोल्डकप स्थगित

पथरी / निरन्तरको वर्षातका कारण आजबाट शुरु हुन लागेको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप स्थगित भएको छ ।

एन्फाका प्रतिनिधी र आयोजक एलएक्स सिटि फुटवल क्लवका पदाधिकारीविच बसेको बैठकले प्रतिकुल मौसमका कारण तत्काललाई गोल्डकप स्थगित गर्ने निर्णय गरिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । आज उद्घाटन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटवल क्लव र भोजपुर डिएफए आमनेसामने हुदैथिए । तर खेल रोकिएपछि नया मितिका साथ खेल तालिका सार्वजनिक गरिने आयोजक एलएक्स सिटिका अध्यक्ष बिक्रम बान्तावाले जानकारी दिए ।