टाइब्रेकरबाट संकट पार गरि फाइनल प्रवेश गर्यो संकटा

पथरी / पथरीशनिश्चरे गोल्डकपको बुधवारको खेलमा टाइब्रेकको संकट पार गरि संकटा क्लव काठमाडौ फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल भएपछि टाइब्रेकरमार्फत आयोजक पथरी ११ लाई पराजित गर्दै संकटा फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा संकटाका कृपा चौधरी र पथरी ११ का विवेक पौडेलले १–१ गरपछि धकेलिएको टाइब्रेकरमा संकटाले ३–१ को नतिजा निकाल्दै फाइनलको यात्रा तय गरेको हो । संकटाका लागि खेलको १२ औँ मिनेटमा कृपा चौधरिले गोल गरेका थिए । दोश्रो हाफपछि आक्रामक बनेको पथरी ११ ले खेलको ६१ औँ मिनेटमा गोल फर्काउँदै संकटालाई दवावमा राखेको थियो । पथरी ११ का लागि सनम धिमालले उक्त गोल गरेका थिए ।

यो संगै संकटा क्लव प्रथम इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा पुगेको छ । आज हुने दोश्रो सेमिफाइनलको बिजेता संग शनिवार संकटाको भेट हुने भएको छ । आजको सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लव र झापा ११ बिच प्रतिस्पर्धा हुने भएको छ ।