ब्रिगेड ब्वाईज पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

पथरी / पहिलो हाफ अघिको अग्रता जोगाउन नसक्दा सिराहको सलहेस युवा क्लब मोरङ्गको पथरीमा जारी पथरीशनिश्चरे गोल्डकपको पहिलो खेल बाट बाहिरीएको छ । ट्राइवेकरमा काठमाडौको विग्रेड ब्वाइज क्लब संग ४-२ गोल अन्तरले पराजित वन्न पुग्यो ।यो संगै पथरीशनिश्चरे गोल्डकपको समिफाइनलको समिकरण समेत पुरा भएको छ । बिग्रेडले फाइनल प्रवेशका लागी झापा ११ संग विहिवार खेल्ने छ ।

निर्धारित समयमा सहलेसका लागी उमेश कार्कीले गोल गर्दा बिग्रेडका लागी आशिष राईले गोल गरे । मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा सलहेसका लागी उमेश कार्कीले पहिलो हाफको २४ औं मिनेटमा गोल गरे । मिलन राईले प्रहार गरेको फ्रिकिक वारमा लागेर रिवाउण्ड भएको वललाई उमेशले गोल गरे ।
ब्रिगेड दोश्रो हाफको २५ मिनेटमा खेलमा फर्कियो । आषिसले पेनाल्टि मार्फत गोल गरे । विदेशी खेलाडी इमानुएलले ब्रिगेडका भुवन वस्नेतलाई डि एरियामा लडाएपछि रेफ्रि श्याम दनुवारले पेनाल्टिको निणर्य दिए । आषिसले प्रहार गरेको पेनाल्टी सलहेसका गोल किपर रेम्बो चौधरीले वचाउन सकेनन् ।

निर्धारित समयमा खेल १-१ को वरावरी भएपछि खेल ट्राइवेकरमा धकेलियो । सलहेसका उमेश कार्की र शिशिर लेखीको प्रहार वहिरीदा अमन लामा र मिलन राईले गोल गरे । ब्रिगेडका गौरव महर्जन,एक्सन लिम्बु,दिवाकर चौधरी र आशिष राईले गोल गरे ।खेलको म्यान अफ दि म्याच ब्रिगेडका आशिष राई घोषित भए । बुधवार संकटाले सेमिफाइनलमा आयोजक पथरी ११को सामना गर्नेछ ।