पथरीशनिश्चरे गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक र पाँचथर क्लव भिड्दै

पथरी / प्रथम इन्ट्रा पथरीशनिश्चरे गोल्डकप आजबाट शुरु हुदैछ । पथरीशनिश्चरे १ स्थित जाँतेमोडको खेलमैदानमा हुने गोल्डकपको उद्घाटन खेलमा आज आयोजक इन्ट्रा पथरी – ११ फुटवल क्लव र पाँचथर फुटवल क्लव विच प्रतिस्पर्धा हुने भएको छ ।

पथरी ११ फुटवल क्लवद्धारा आयोजित प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले गर्नेछन् । ८ वटा टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले २ लाखका साथै ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । असोज १२ गते सम्पन्न हुने उक्त प्रतियोगितामा ४० लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका अध्यक्ष सुमन वि.कले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अमेरिकास्थित इन्ट्रा फउण्डेशन रहेको छ ।