च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात

काठमाडौँ / एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २-१  गोल अन्तरले पराजति गर्दै विजयी शुरुवात गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए । अब एटलेटिको म्याड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेइपजिंगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ ।