१४ बुँदे मागसहित काङग्रेसले गरायो नगरपालिकालाई ध्यानाकर्षण

पथरी / विभिन्न १४ बुँदे माग राख्दै नेपालि काङ्ग्रेस पथरी नगरकार्यसमितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । बुधवार नेपालि काङग्रेस पथरीशनिश्चरे नगर उपसभापति तथा कार्यवाहक सभापति कुलवहादुर गुरुङ(के.वि) को नेतृत्वमा नगरपालिका पुगेको टिमले नगरप्रमुख मोहन तुम्वापोलाई भेटि ज्ञापनपत्र बुझाएको थियो ।

काङग्रेसले एसियन हाइवे निर्माणकार्य अन्तर्गत पथरीशनिश्चरे १० स्थित जिरिखिम्ती क्षेत्रमा देखिएको जग्गा समस्या समाधान गर्न पहल गर्नुपर्ने, करको दर पुर्नमुल्याङ्कन गरिनुपर्ने,नगरपालिकामा भएको कर्मचारिहरुको दरबन्दि अनुसारको पदमा तुरुन्त समायोजन गरिनुपर्ने,डम्पिङ साइडको समस्या समाधान गरिनुपर्ने लगायतका १४ बुँदे माग सहित ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण गराउदैँ काङ्ग्रेसले उक्त समस्याहरु चाँडै समाधान गरिनुपर्ने अन्यथा काङग्रेसले विरोध कार्यक्रम ल्याने गत स्थानिय तहमा काङग्रेसबाट नगरप्रमुखका उम्मेद्धार समेत रहेका पूर्व महासमिति सदस्यनगेन्द्र सुब्बाले बताए । उक्त टोलिमा सुब्बाका साथै काङग्रेसबाट गत स्थानिय तहको निर्वाचनमा उपप्रमुखकि उम्मेद्धार तथा महासमिति सदस्य कविता पराजुलि, पूर्व महाधिवेशन प्रतिनिधि सदस्य पर्शुराम कार्कि, नगरकार्यवाहक सभापति कुलवहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।