एन प्याब्सनद्वारा जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता

पथरी / ६० औं बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा उर्लाबारी–५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरी दुई समूहमा अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सिनियरतर्फ बेलबारीको कसेनी मोडल माध्यमिक विद्यालयका सुमन खड्काले प्रथम स्थान हासिल गरेका छन् । यस्तै बेलबारीकै मोरङ ज्ञानोदय माविकी वेयुमा राई दोस्रो, विराटनगरस्थित ऐरियण्ट अंग्रेजी माविका प्रिन्स कार्की तेस्रो र कानेपोखरीस्थित पिनाकल ज्ञान मन्दिरकी शिक्षा लिम्बु सान्त्वना स्थान हाँसिल गरेका छन् ।
यस्तैगरी जुनियरतर्फ सुन्दरहरैचामा अवस्थित हिमालय अंग्रेजी माविले प्रथम स्थान हासिल गरेको छ । यसैगरी पथरीको चिनारी मावि दोस्रो, बेलबारीस्थित माईलस्टोन अंग्रेजी मावि तेस्रो र बेलबारीको डेल्टा अंग्रेजी माविले सान्त्वना स्थान हाँसिल गरेका छन् । उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, प्याव्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदी लगायतद्वारा ट्रफी, मेडल र प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो ।

सो प्रतियोगितामा सिनियरतर्फ सामाजिक संजालको प्रवाभ विषयमा मोरङका १३ वटा निजी विद्यालयहरुले सहभागिता जनाएका थिए । यस्तै जुनियरतर्फ जंक फुड र यसका असरहरु विषयमा १४ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो ।
एन प्याब्सन मोरङ जिल्ला अध्यक्ष नारायण ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्याब्सन प्रदेश सदस्य दिपक न्यौपानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन जिल्ला समिती सचिव भरीरुद्र चौधरीले राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पौडेल सहित उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बु, प्याब्सन जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, एन प्याब्सन केन्द्रीय सचिव राजन छारङ र नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले लगायतले मन्तव्य राखेका थिए ।