शान्ति वनको १६ औं वार्षिक साधारण सभा समापन

पथरी / मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । वनका छ जना पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङ, कार्यबाहक अध्यक्ष हेमभक्त तमु, उपाध्यक्ष जयबहादुर धिमाल (साझन), सचिव मेनुका राई, निवर्तमान लेखा समिति संयोजक तुलशी बस्नेत सहित ६ जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । समूहका अध्यक्ष कुलमणी गुरुङले खुल्ला सत्रमा भावि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्जव शिवा, हरियाली सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट दिलबहादुर तामाङ र पूर्व पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

कार्यममा सचिव अनिता थापाको प्रगति विवरण, कोषाध्यक्ष रोमान्सी धिमाल, लेखा समिति संयोजक राजेन्द्र भण्डारी लगायतको लेखा प्रतिवेदन अधिवेशनले पारित गरेको समूहका अध्यक्ष कुलमणी गुरुङले बताए ।