एकल महिला सम्मान तथा तिज विशेष कार्यक्रम 

पथरी / पथरी शनिश्चरे वडा नं. ९ ले एकल महिला सम्मान तथा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । बुधवार वडा कार्यालयको हलमा नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सम्मान तथा तिज विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडाका एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी सम्मान पश्चात् तिज गीतमा दिदीबहिनीहरु छमछमी नाच्नुभएको थियो । वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाका जनप्रतिनिधि तथा वडावासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव दीर्घराज रायले गर्नुभएको थियो ।