डांस मोरङ्गि सामुदायिक बनले गर्यो योजना तर्जुमा गोष्ठि

पथरी / मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगि सामुदायिक बन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको । संस्थाको साधारणसभा नजिकिदै जांदा आगामि भावि योजनाबारे छलफल गर्न संस्थाले शुक्रबार गोष्ठिको आयोजना गरेको थियो ।

गोष्ठिमा कानेपोखरि वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष जीवन खतिवडा, सामुदायिक बन उपभोक्ता महासंघ कोशि प्रदेश सदस्य अग्नि पौडेल लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष मदन पोख्रेलले आ.व २०८१/०८२ का लागि प्रस्तावित भावि योजना प्रस्तुत गरेका थिए ।

योजनाबारे सुझाव दिंदै कानेपोखरि वडा नं ७ का वडाध्यक्षले जंगलभित्र फलफुल तथा पशुपन्छिको आहाराको अभाव हुँदै गएकोले बन्यजन्तुहरु सडकमा आउंदा त्यसले दुर्घटनाको जोखिम बढेको हुंदा बन्यजन्तुका लागि जंगलभित्रै फलफुलका बोटबिरुवा लगाउन सुझाव दिएका थिए ।

संस्थाले आ.व २०८१/०८२ मा ८३ लाख २८ हजार ८ सय १ रुपैयां आम्दानिको लक्ष्य राखेको छ ।