पथरीशनिश्चरेका प्रकाशलाई मिस्टर नेपालको ’मस्ट एक्टिभ’ उपाधी

काठमाण्डौँ / मोरङ पथरीशनिश्चरेका प्रकाश चौहानले ’रियलमी मिस्टर नेपाल २०२४’ को अन्तिम प्रतिस्पर्धामा टप ७ फाईलिस्ट तथा ’मस्ट एक्टिभ’ उपाधी हात पारेका छन् ।

शनिबार राति काठमाडौंमा आयोजित ’रियलमी मिस्टर नेपाल २०२४’ को टप ७ संगै ’मस्ट एक्टिभ’ उपाधि प्राप्त गरेका हुन् ।

मिस्टर नेपाल २०२४’ बन्ने सम्भावना अत्याधिक भएता पनि उनको यस वर्षको यात्रा टप ७ मै रोकिएको छ । उनि भन्छन्, यस वर्ष यस्तै भयो, मिहेनत निकै गरेको थिए । अगामी वर्षहरुमा आफुलाई अहिले भन्दा धेरै निखारेर मिस्टर नेपाल संगै वल्डको उपाधि चुम्ने छु । उनले कुरा थप्दै, मलाई मायाँ गर्दै यो यात्रा सम्म साथ सहयोग गर्नुहुने सम्पूर्णमा धेरै–धेरै धन्यवाद भन्न चाहान्छु ।

त्यस्तै यसवर्षका मिस्टर नेपाल झापाका लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका छन् । विजेता बनेसँंगै उनी आधिकारिक रूपमा ’मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन्। उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ’मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रूपमा पनि पुरस्कृत गरेको छ। विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन्।

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ’मिष्टर ग्लोबल नेपाल २०२४’ छानिएका छन्। उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाइल्याण्डमा सम्पन्न हुने ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्प गर्नेछन्।

त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगीतामा ’म्यान अफ द वर्ल्ड नेपाल २०२४’ चयन भए। दुलालले ’म्यान अफ द वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

योगेश र आयुषले दुवैले तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा धरानका आदेश प्रधान फर्स्ट रनरअप तथा हेटौंडाका आयुष बमजन सेकेन्ड रनरअप भए ।

बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत संचालन गरिएको ‘मिस्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागिहरूले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए। त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई उतारेका थिए ।

एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वाससंग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिष्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरूको सहभागिता थियो।

प्रशान्त ताम्राकार कोरियोग्राफर रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाइ सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिस्टर नेपालद्वय डा. रूपक घिमिरे र सन्दिप पोखरेल थिए।

प्रतियोगिताको विभिन्न विधागत अवार्डका विजेता समेत घोषणा गरिएको थियो।

’मिस्टर नेपाल’ पुरुष सहभागी हुने प्रतियोगिता हो। युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू प्रतियोगीका रूपमा रहँदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।




Leave a Reply

Your email address will not be published.