अरनिको हस्पीटलमा पथरी बहुमुखिका विद्यार्थिले छुट पाउने, स्ववियू र अरनिको विच सम्झौता

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखिमा अध्ययनरत विद्यार्थीले उर्लावारीमा रहेको अरनिको अस्पतालमा उपचारमा छुट पाउने भएका छन् । स्ववियू पथरीको पहलमा हस्पिटलले उक्त छुट दिने सहमति भएको हो ।

शुक्रवार हस्पीटल संचालक लोलिम पोमु र पथरी बहुमुखी क्याम्पसका तर्फवाट स्ववियू सभापति केशर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता पत्रमा उल्लेख भए अनुसार पथरी वहुमुखिका विद्यार्थिहरुलाई हस्पिटलको बेडचार्ज २० प्रतिशत छ, लाइबोटोरी चार्ज १५ प्रतिशत, अप्रेशन चार्ज १० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, डाक्टर फि पूर्णरुपमा निशुल्क रहनेछ ।