मेचि बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न

पथरी / झापाको दमकमा मुख्य कार्यालय खोलि कोशी प्रदेशका विभिन्न सहरहरुमा सेवा केन्द्र सञ्चालन गर्दै आएको मेचि बहुउद्देश्यीय सहकारि संस्थाको वार्षिकोत्सब  तथा साधारणसभा  बिहिवार सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा वडा नं २ मा रहेको हरियालि सामुदायिक बनको सभाहलमा सम्पन्न उक्त साधारणसभामा संस्थाकि महिला उपाध्यक्ष शान्ता गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा बोल्दै प्रमुख अतिथी तुम्वापोले ऐन भन्दा बाहिर गएर सञ्चालक समितिका सदस्यहरुले शेयरसदस्यहरुसंग छलफल नगरि कारोबार गर्दा कतिपय संस्थाहरुमा समस्या भएको बताउनुभयो । नगरका केही सहकारिमा समस्या आएपनि धेरै सहकारिहरुले बित्तिय क्षेत्रमा आमूल परिवर्तन गरेको  बताउदै मेचि सहकारिले हालसम्म राम्रै कारोबार गरिरहेकोले आगामि दिनमा पनि यसरी नै कारोबार भइरहोस भन्दै शुभकामना प्रदान  गर्नुभएको थियो ।

संस्थाका कार्यकारि प्रमुख खुमबहादुर बगालेले प्रतिवेदन बाचन गर्दै यसपटक मात्र ३ करोड १२ लाख रुपैया कर राज्यलाइ तिरेको बताउनुभयो । राज्यले पनि आवश्यक भन्दा बढि सहकारि दर्ता गर्न दिनु पनि समस्याको कारण बनेको उहाँको दावि थियो ।
दुर्गा प्रसाइलाई लक्षित गर्दै उनले सहकारि र बित्तिय बैंक हरुमा अराजकता मच्चाएर सदस्यहरुलाई भ्रम नछर्न आगणरह गर्नुभयो । मेचि सहकारिमा कुनै बित्तिय समस्या नभएको र भएका संस्थाहरुमा पनि सडकबाट समस्याको समाधान नहुनेभन्दै संस्थामा बसेर छलफलबाट समाधान गर्न सकिने बताए ।