‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु

पथरी / पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयको आयोजनामा आइतबारदेखि ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ ।

वडाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन / तीन महिनामा निरन्तर हुनेगरी विद्यालय स्वास्थ्य कार्यक्रम बुद्ध माविबाट सुरुवात गरेको हो ।

वडाभित्रका बालबालिकाहरुको नाक, कान, आँखा जाँच तथा अपाङ्गता रोकथाम गर्नको लागि निरन्तर शिविर सञ्चालन गर्ने कार्यक्रम ल्याइएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।कार्यक्रम वडाका बुद्ध मावि, दुर्गा आवि, मिलन आबि, चौबिसे ऐकेडेमी, हाइल्याण्ड बोर्डिङमा निरन्तर सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रुद्रबहादुर लिम्बुले जानकारी दिए ।

वडाले स्वास्थ्य क्षेत्र अन्तर्गत दाँत नभएका जेष्ठ नागरिकहरुलाई दात लगाइदिने, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमै गएर प्रत्येक दुई महिनामा स्वास्थ्य परिक्षण, निरोगी वडा निर्माणको लागि खुल्ला व्यमशाला निर्माण, सुगर तथा प्रेसरको औषधि वितरण लगायतको कार्यक्रम निरन्तर गर्दै आइरहेको छ ।




Leave a Reply

Your email address will not be published.